ईन्जिनियरको लापरबाहीले योजना संकटमा, ठेकेदार र उपभोक्ता समितिको मनपरीले गुणस्तरहिन निर्माण

पछिल्लाे समाचार

असार ७, कलैया | बारा जिल्लामा मधेश प्रदेश सरकारअन्तर्गत सञ्चालित भौतिक पूर्वाधार विकासका योजनाहरुमा गुणस्तरहिन काम दिनप्रतिदिन बढ्दो क्रममा छ। तर, यी अनियमितता नियन्त्रण गर्न खटाइएका साइट इन्जिनियरहरू भने योजनास्थलमै पुग्न छाडेका छन्। स्थलगत अनुगमन र प्राविधिक निरीक्षणमा लापरवाही देखिएपछि अहिले १७७ योजनामध्ये अधिकांश गुणस्तर संकटमा परेको छ।स्थानीयको गुनासोअनुसार योजनास्थलमा साइट इन्जिनियरको उपस्थिति नहुँदा उपभोक्ता समिति र ठेकेदारहरूले मनपरी ढंगले काम गरिरहेका छन्।

योजनाको लागत अनुमान (एस्टिमेट) अनुसार न काम गरिएको छ, न त सामग्रीकै मापदण्ड पालना गरिएको छ।भौतिक पूर्वाधार विकास कार्यालय बाराले प्रत्येक योजनामा एक-एक जना साइट इन्जिनियर खटाएको भए पनि तीमध्ये अधिकांश इन्जिनियर योजना स्थलमै नपुगी कागजी उपस्थिति देखाइरहेका छन्। स्थानीय शंकर दासले त्रिवेणीदेखि बनवलिया सडकको उदाहरण दिँदै भने,माटो पुर्नुपर्ने ठाउँमा सिधै ग्राभेल हालिएको छ, त्यो ग्राभेल पनि सामान्य नभई ठूलाठूला बोल्डर मिसाइएको छ।

दासका अनुसार उक्त क्षेत्रमा कार्यरत साइट इन्जिनियर राजेश साहले अनुगमन नगरेकै कारण ठेकेदारले मनपरी ढंगले निर्माणकार्य गर्दै आएका छन्।स्थानीय स्तरमा गुनस्तरबारे बारम्बार उजुरी आए पनि न प्रदेश सरकार, न पूर्वाधार कार्यालयले कुनै कारबाही अघि बढाएको छ। उल्टै साइट इन्जिनियरहरूकै मिलोमतोमा ठेकेदारले आफू अनुकूल निर्माण कार्य गरिरहेका छन्।

पछिल्ला दिनमा उपभोक्ता समितिहरूले समेत प्राविधिक परामर्श बिना निर्माण प्रक्रिया अघि बढाएको पाइएको छ। योजनाको सुरुवाती डिजाइन र एस्टिमेटको धज्जी उडाउँदै स्वेच्छाचारी निर्माण कार्य भइरहेका छन्।जिल्लाभरीका १७७ योजनामध्ये दर्जनौँ योजनामा यस्तै अव्यवस्था देखिँदा समेत प्रदेश सरकार मौन छ। साइट इन्जिनियरहरूको गैरजिम्मेवारी र कार्यालयको लाचारताले बारा जिल्लाका विकास योजनाहरू भ्रष्टाचार र अनियमितता हुने भएको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a