सिमरौनगढमा कवाडको रडले सडक ढलान, इन्जिनियर सिंह र हाकिम यादवको मिलेमतो खुलासा

पछिल्लाे समाचार

०८ असार ।कलैया : बाराको सिमरौनगढ नगरपालिका–७ को खजानि टोलदेखि बरहम बाबा मन्दिरसम्मको सडक ढलानमा गुणस्तरहिन सामग्री प्रयोग गरिएको खुलेको छ । ४५ लाख रुपैयाँ लागतमा निर्माणधीन उक्त सडकमा कवाडबाट संकलन गरिएको जस्ताको रड प्रयोग गरिएको पाइएको छ।
यस योजनाको जिम्मा उपभोक्ता समितिसँग रहेको छ तर सब इन्जिनियर प्रभात सिंहको मातहतका योजनाहरूमा पटक–पटक गम्भीर लापरवाही देखिएको जनगुनासो रहेको छ। योजनाको स्थलगत अनुगमनमा खटिएका स्थानीय पत्रकारहरूले रड नै कवाडस्तरको रहेको, बिम राख्दा आवश्यक मापदण्ड नपुर्याएको पुष्टि गरेका छन्।


सडक ढलानकै काम सुरु हुनुअघि इन्जिनियर प्रभात सिंहले ‘काम रोक्न निर्देशन दिएको’ बताउँछन्। तर यथार्थमा कुनैपनि प्राविधिक संलग्नता बिना ढलानको काम अघि बढेको छ। पूर्वाधार विकास कार्यालयकी प्रमुख रिम्पु यादव भने सिंहका हरेक योजनामा गुनस्तरहिन काम भइरहँदा पनि “टुलुटुलु हेरेर बस्ने” भूमिकामा सीमित देखिएकी छन्।

स्थानीयवासीको भनाइ अनुसार, प्रभात सिंह योजनास्थलमा नआईकनै आफूलाई डन ठान्दै कार्यालयमा “ब्रजस्व देखाएर” बस्ने गरेको आरोप पनि छ। सिंहले हाकिम यादवलाई आर्थिक प्रलोभनमा पारी योजनाहरू मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप गम्भीर रूपमा उठेको छ।उपभोक्ता समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा भने “प्रदेशदेखि जिल्ला कार्यालयसम्म कमिसन बुझाउनुपर्ने बाध्यता छ। गुणस्तरीय काम गरे एक रुपैयाँ पनि बच्दैन, त्यसैले कमसल सामग्री हाल्न विवश छौं।”

योजनाको लागत जनताको करबाट उठाइएको हो, तर उपभोक्तालाई चित्त बुझाउने कुनै संरचना निर्माण हुन सकेको छैन। सरकारी अनुदानलाई व्यर्थ गर्ने, अनि त्यसैको ढोकोमा ‘प्रगति प्रतिवेदन’ बुझाएर भुक्तानी थाप्ने यस्ता योजनाहरू मधेश प्रदेशमै बदनाम बन्दै गएका छन्।प्रभात सिंहका अनुसार मेरो मातहतका कुनै योजनामा गुणस्तरहिन काम भएको छैन।” तर आईतबारकै स्थलगत अवलोकनमा ठीक विपरीत दृश्य देखिएको छ। बिममा राखिएको रड न त नयाँ थियो, न त मापदण्ड अनुसार भएको पाईएको छ तर पनि काम धमाधम रुपमा भईरहेको छ। हाकिमको ‘घाँटी दुखाइ’ बहाना, जवाफ दिन नसक्ने अवस्था रहेको छ ।पूर्वाधार विकास कार्यालयकी प्रमुख रिम्पु यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले ‘घाँटी दुखेको’ कारण देखाउँदै जवाफ दिन मानेनन्।


सिमरौनगढको यो योजना त केवल एउटा प्रतिनिधि मात्रै हो। मधेश प्रदेशका सयौं योजनाहरूमा यस्तै नियोजित लापरवाही भईरहेको पाईएको छ । प्रभात सिंहले पूर्वाधार बिकास कार्यालयमा आफ्नो सम्राज्य नै जमाएर बसे पनि संबंधित निकाय अझै पनि मुखदर्शक भएर बसेको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय

a

a

a