गढीमाई साझेदारी वन उपभोक्ता समूहद्वारा दलित बिपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पछिल्लाे समाचार

०५ श्रावन,सिमरा : गढीमाई साझेदारी वन उपभोक्ता समूह पथलैयाले आइतबार दलित तथा बिपन्न विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक सामग्री वितरण गरेको छ। फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीलाई झोला, कापी, पेन्सिल लगायतका सामग्री वितरण गरिएको हो। कार्यक्रममा गढीमाई साझेदारी वन उपभोक्ता समिति पथलैयाका अध्यक्ष रामएकवाल साह तेलीले वितरण गरिएको सामग्री वन उपभोक्ताहरूलाई वितरण गरिने काठ र दाउराबाट प्राप्त आम्दानीबाट गरिएको जानकारी दिनुभयो। ूहामीले वनबाट प्राप्त आम्दानीलाई शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता दिएर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएका छौं,ू उहाँले भन्नुभयो।

अध्यक्ष साहका अनुसार गढीमाई साझेदारी वन उपभोक्ता समूहले पाँच पालिकामा १० वटा नमुना विद्यालय छान्ने योजना बनाएको छ र ती विद्यालयलाई आवश्यक सामाग्रीहरू नियमित रूपमा उपलब्ध गराउनेछ। साथै, फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा एक जना शिक्षकको पदपूर्ति गर्दै त्यस शिक्षकको तलब समेत समितिबाट उपलब्ध गराउने प्रतिबद्धता उहाँले जनाउनुभयो। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताले गढीमाई साझेदारी वन उपभोक्ता समूहलाई धन्यवाद ज्ञापन गर्दै भने, “वडामा रहेका बिपन्न र दलित विद्यार्थीहरूलाई सहयोग पुर्याउनु अत्यन्त प्रशंसनीय कार्य हो। उपमहानगरभित्रका उद्योगहरूलाई पनि यस्ता सामाजिक उत्तरदायित्वमा जोडिन वडाध्यक्ष गुप्ताले आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक राजु सिंहले गढीमाई साझेदारी वन उपभोक्ता समूहप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “विद्यार्थीहरूका लागि आवश्यक शैक्षिक सामग्रीहरू प्राप्त हुनु अत्यन्तै सहयोगी विषय हो। यसले उनीहरूलाई पठनपाठनमा थप प्रेरणा मिल्नेछ। शिक्षक पदपूर्ति र तलबको व्यवस्थाले पनि विद्यालयको शैक्षिक गुणस्तर बढाउन मद्दत पुग्नेछ।”कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, विद्यार्थीहरू र वन उपभोक्ता समूहका सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय