बाल एकता बोर्डिङ स्कूलका विद्यार्थीद्वारा अनाथ आश्रममा खाद्यान्न र स्टेशनरी सहयोग

पछिल्लाे समाचार

१५ भदौं, कलैया : बाराको बाल एकता सेकन्डरी इंग्लिस बोर्डिङ स्कूल प्रा.लि.का विद्यार्थीहरूले अनाथ आश्रमको भ्रमण गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथ आश्रमलाई खाद्यान्न सामग्री र स्टेशनरी सहयोग गरेका छन्। विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरूले आइतबार कलैया स्थित रहेको अमृता अनाथ आश्रम पुगेर संचालिका फुलमती बस्नेतलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन्। विद्यालयले सहयोगस्वरूप ६० केजी चामल, ५ केजी दाल, ५ लिटर तेल, ५ केजी आलु, ५ केजी प्याज, ३ केजी सरफ, ७ प्याकेट बिस्कुट, २ कार्टुन चाउचाउ र स्टेशनरी प्रदान गरेको बिद्यालयका कोअर्डिनेटर प्रशान्त सराफले जनाएको छ।

भ्रमणका क्रममा विद्यार्थीहरूले आश्रमका बालबालिकासँग समय बिताउँदै खेलकुद तथा संवादमार्फत खुशी बाँडे र सुन्दर सम्झना सिर्जना गरेका थिए। अनाथ आश्रमकी संचालिका फुलमती बस्नेतले विद्यालय र विद्यार्थीहरूको योगदानप्रति आभार व्यक्त गर्दै भनिन्, “विद्यार्थी उमेरमै समाजसेवामा अभ्यस्त हुनु प्रेरणादायी कुरा हो। यसले उनीहरूमा करुणा, सद्भाव र जिम्मेवारीबोध थप बलियो बनाउँछ। बाल एकता स्कूल परिवारलाई अनाथ आश्रमका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्छु।” विद्यालयका शिक्षकहरू सुस्मा श्रेष्ठ, पप्पु यादव र अशोक गिरिलगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा शिक्षकहरूले पनि यस्ता सामाजिक गतिविधिले विद्यार्थीको व्यक्तित्व विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। विद्यालयले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तरता दिँदै विद्यार्थीलाई समाजप्रति उत्तरदायी नागरिक बनाउन जोड दिने जनाएको छ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय