२७ भदौ, काठमाडौं । देशभर जारी ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले यो संख्यामा काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाहरूका मृतकहरू जोडिएको पुष्टि गरेका छन्। प्रहरीका अनुसार, मृतक ५१ जनामध्ये तीन जना प्रहरी र एक जना भारतीय महिला रहेका छन्।
प्रदर्शनको पहिलो दिनमा मात्र २१ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये ९ जना कैदी, बाल सुधार गृहमा रहेका ५ जना र तीन जना प्रहरी रहेको प्रहरीले जनाएको छ। बाँकी मृतकहरू जलेको अवस्थामा फेला परेको पनि प्रहरीले बताएको छ। घटनाका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।