बारामा पाँच लाख नगदसहित अवैध सामान बरामद

पछिल्लाे समाचार

कलैया । बाराको विभिन्न सीमा नाकाबाट सशस्त्र प्रहरीले एकै दिन पाँच लाख नगदसहित कुल करिब ११ लाख ६१ हजार रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ। बिश्रामपुर गाउँपालिका–३ मुशहर्वा क्षेत्रमा बिओपी बरैनियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट साइकलबाट लुकाइ ल्याइँदै गरेका मोबाइल कभर, ओजिटी, युएसबी र डाटा केबलसहित ४१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको हो।

यस्तै, सिम्रौनगढ–९ पिठुवाघाट नजिक गोलागञ्ज बिओपीको टोलीले भारतीय मोटरसाइकलमा लुकाई ल्याइएको पाँच लाख नगद तथा एक लाख बराबरको मोटरसाइकलसमेत गरी ६ लाख बराबरको वस्तु नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।सुवर्ण गाउँपालिका–३ जमुनिया क्षेत्रमा नायब निरीक्षक केदारबहादुर परियार नेतृत्वको टोलीले भारतीय मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको ३० हजार रुपैयाँ बराबरको काटेको सूर्ति तथा सवारीसाधनसहित १ लाख ३० हजारको माल बरामद गरेको छ।

कलैया उपमहानगरपालिका–१० मटिअर्वामा खटिएको प्रहरी टोलीले ५५ हजार मूल्यका कस्मेटिक, कपडा र किराना सामग्री नियन्त्रणमा लिएको छ। त्यस्तै बिश्रामपुर–३ मा दुई भारतीय मोटरसाइकलमार्फत ल्याइँदै गरेको ८ सय केजी काउली र तीन लाख बराबरको मोटरसाइकलसहित ३ लाख ३५ हजारको सामान बरामद गरिएको छ। बरामद भएका सबै सामग्री भन्सार कार्यालयमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल नं. १२ गणका गणपति तथा उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन्।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय