पचरौता नगरपालिकामा एकै दिन दुई मन्दिरको शिलान्यास ,धार्मिक पर्यटन बढाउने मेयर सिंहको दाबी

पछिल्लाे समाचार

मंसिर ११, कलैया — बाराको पचरौता नगरपालिकामा एकै दिन दुई महत्वपूर्ण मन्दिरहरूको शिलान्यास गरिएको छ । बिहीबार नगरपालिकाको वडा नं. ७ बेनौलीमा ब्रहमबाबा मन्दिर र दुर्गा मन्दिर निर्माण कार्यको औपचारिक शुभारम्भ एकैसाथ हुँदै स्थानीय समुदायमा उत्साह छाएको छ । ब्रहमबाबा मन्दिरको शिलान्यास समाजसेवी शिवशंकर सिंहले गरेका हुन् भने दुर्गा मन्दिरको शिलान्यास वडासदस्य गोखुल पण्डितले गरेका हुन् । दुबै मन्दिर ५०–५० लाख रुपैयाँ लागतमा निर्माण गरिने नगरपालिकाले जानकारी दिएको छ ।


मन्दिरहरूको निर्माण पूरा भएपछि समुदायका स्थानीयवासीलाई पूजा–पाठ तथा धार्मिक क्रियाकलापमा सहजता हुने जनाइएको छ । बेनौली क्षेत्रमा लामो समयदेखि व्यवस्थित धार्मिक स्थलको आवश्यकता रहेकोमा यो शिलान्यासले त्यस अभावलाई पूरा गर्ने अपेक्षा गरिएको छ । पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवारले दुई मन्दिरको एकै दिन शिलान्यास हुनु नगरपालिकाको धार्मिक तथा सांस्कृतिक विकासप्रति रहेको प्रतिबद्धताको अभिव्यक्ति भएको बताए । ब्रहमबाबा र दुर्गा मन्दिरको निर्माणले यहाँको धार्मिक पर्यटन, सांस्कृतिक पहिचान र सनातन धर्मको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ,” नगरप्रमुख सिंहले बताए ।

उनले नगरपालिकाले धार्मिक संरचना, सांस्कृतिक धरोहर र सामुदायिक स्थानहरूलाई निरन्तर प्रवर्द्धन गर्दै जाने उल्लेख गर्दै, आगामी दिनमा अन्य ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण र दिगो विकासका लागि थप परियोजना अघि बढाइने जानकारी दिए । स्थानीयवासीले दुवै मन्दिरको निर्माण सुरु भएपछि क्षेत्रको धार्मिक वातावरण अझ सशक्त बन्ने, बाहिरी भक्तजन आकर्षित हुने र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।उक्त शिलान्यास कार्यक्रममा पचरौता नगरपालिकाको शिक्षा शाखा सह संयोजक मुकेश सिंह लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय