बिभूतिले चौथो पटक उचाल्यो पाथीभरा भलिबल च्याम्पियनसिपको उपाधी

पछिल्लाे समाचार

मंसिर २० सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -३ बजनी स्थित रहेको पाथिभरा अङ्ग्रेजी बोर्डिङ स्कुलको आयोजनामा भएको चौथो पाथिभरा अन्तरविद्यालय छात्र भलिबल च्याम्पियनसिप–२०८२ राष्ट्रिय बिभूति शिक्षा सामुदायिक सदन, डुमरवानाको विजयसँगै सम्पन्न भएको छ। फाइनल खेलमा राष्ट्रिय बिभूति शिक्षा सामुदायिक सदनले एक्स–सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–० सेटले पराजित गर्दै उपाधि उचालेको हो।

यससँगै पहिलो, दोस्रो, तेस्रो र चौथो गरेर चारै संस्करणमा राष्ट्रिय बिभूति शिक्षा सामुदायिक सदनले निरन्तर उपाधि जित्ने इतिहास कायम गरेको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिद्धान्त चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए। समापन समारोहमा सिमरा–डुमरवाना स्कुल हबका संयोजकले हालसम्म १८ वटा प्रतियोगिता सम्पन्न भइसकेको जानकारी दिँदै वार्षिक क्यालेन्डरअनुसार विद्यालयहरूले उत्साहपूर्वक जिम्मेवारी पूरा गर्दै आएको बताए। बाँकी रहेका ६ वटा प्रतियोगिता अझ उत्कृष्ट ढङ्गले सम्पन्न हुने अपेक्षा राखिएको उल्लेख गरियो।


त्यस्तै, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले विद्यार्थीहरूमा भलिबल खेलप्रति बढ्दो रुचि सकारात्मक रहेको र प्रतियोगिताले खेलकुदको संरक्षण तथा विकासमा योगदान पुर्‍याइरहेको बताए। उनले खेलमा हार–जित सामान्य हुने भन्दै पराजित टोलीलाई मनोबल उच्च राखेर आगामी संस्करणमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए।



प्रतियोगिता दौरान उत्कृष्ट खेल देखाउँदै इमर्जिङ प्लेयर अफ द सिरिज प्रशान्त चौधरी (एक्स–सर्भिसम्यान चिल्ड्रेन एकेडेमी)प्लेयर अफ द सिरिज प्रीतमबाबु राई (राष्ट्रिय बिभूति शिक्षा सामुदायिक सदन) घोषित भए। समापन समारोहमा पाथिभरा अङ्ग्रेजी बोर्डिङ स्कूलका प्रिन्सिपल लकि रिमालले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे। मंसिर १६ गतेदेखि सुरु भएको प्रतियोगितामा ११ वटा संस्थागत विद्यालयको सहभागिता रहेको थियो।समापन समारोहमा स्वागत मन्तव्य आरके यादवको रहेको थियो भने कार्यक्रम संचालन दिवस लामिछानेले गरेको थियो ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय