अफ्नै तलब र भत्ता बाट वडाध्यक्ष वाग्ले द्वारा विपन्न ११ परिवारलाई गाईको बाच्छि प्रदान

पछिल्लाे समाचार

मंसिर २१ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्लेले आफ्नै तलब र भत्ताबाट विपन्न ११ परिवारलाई एक–एक थान गाईको बाच्छि वितरण गर्नुभएको छ। आर्थिक समस्यामा रहेका परिवारको जीवनयापन सहज बनाउने उद्देश्यले आइतबार सम्पन्न सो कार्यक्रममा वडा अध्यक्ष वाग्लेले दलित, महिला, अपाङ्ग र आर्थिक रूपले कमजोर परिवारलाई सहयोग गरेको बताए। उहाँले भन्नुभयो, “मैले पाउने सुविधा विपन्न वर्गको जीवनमा सहयोग पुग्ने गरी वितरण गरेको हुँ। यो दानको रूपमा गरिएको हो, लागतको कुरा गर्नु उपयुक्त छैन।”

गाईको बाच्छि पाउने परिवारमा कल्पना फेवाली, सरजुग सहनी, भदिया देवी थरुनी, झरपतिया मुसहर्नी, सुनैना देवी, सुकदेव वाईवा, समिना खातुन, सिता देवी थापा मगर, मनमाया पहरी, कलिता देवी र राजकुमार श्रेष्ठ रहेका छन्। वडा कार्यालय परिसर, बडहर्वामा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

उपप्रमुख अधिकारीले वडा अध्यक्ष वाग्लेको मानवीय कार्यको खुलेर प्रशंसा गर्दै, विपन्न परिवारको जीवनमा सुधार ल्याउने उद्देश्यले गरिएको योगदान सराहनीय भएको उल्लेख गर्नुभयो।कार्यक्रममा अपाङ्ग सेवा समिति बाराका अध्यक्ष गंगा वाग्ले, कोषाध्यक्ष शंकर दाहल, वडा नं. १८ का सदस्य र सचिव सिमा उप्रेती लगायतको उपस्थिती रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय