रिलायन्स चिनिमिलद्वारा उखु क्रसिङ सुरु, पहिलो ट्र्याक्टर चालक सम्मानित

पछिल्लाे समाचार

पुष ०३ कलैया : बारा जिल्लामा अवस्थित एक मात्र चिनिमिल रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले चालु सिजनको उखु क्रसिङ औपचारिक रूपमा सुरु गरेको छ। मिलले सोमबार परम्परागत रूपमा डोंगा पूजा सम्पन्न गरेपछि बिहीबारदेखि उखु क्रसिङ कार्य प्रारम्भ गरेको हो। उखु क्रसिङ सुरु भएसँगै मिलमा सबैभन्दा पहिले उखु लोड गरी प्रवेश गर्ने ट्र्याक्टर चालकलाई मिलका केन म्यानेजर अवध झाले सम्मान गरेका छन्। झाले चालकलाई टीका–माला लगाइदिनुका साथै जाडो मौसमलाई ध्यानमा राख्दै ब्ल्याङ्केटसमेत उपहार प्रदान गरेका थिए।

मिलका जेनेरल म्यानेजर सिलोडियाका अनुसार गत वर्ष २५ लाख ११ हजार क्विन्टल उखु क्रसिङ गरिएकोमा यस वर्ष ३२ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिइएको छ। उनले सहज उखु ढुवानी, समयमै क्रसिङ र नियमित भुक्तानीका कारण रिलायन्स चिनिमिल नेपालकै भरपर्दो चिनिमिलका रूपमा चिनिएको बताए।रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिमा बारा, पर्सा र रौतहट जिल्लाका किसानहरूले उखु क्रसिङका लागि उखु आपूर्ति गर्दै आएका छन्। यस वर्ष पनि किसानमैत्री वातावरणमा उखु क्रसिङ र भुक्तानी प्रक्रिया अगाडि बढाइने मिलले जनाएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय