पुष ०६ कलैया : मधेश प्रदेश सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य निर्देशनालय मातहत रहेको प्रादेशिक अस्पताल कलैयाले ICU वार्ड केही दिनका लागि बन्द रहने जनाएको छ।अस्पताल प्रशासनले आइतबार एक सुचना जारि गर्दै ४ दिनको लीगी आईसीयु वार्ड बन्द रहने जनाएको छ ।अस्पताल प्रशासनका अनुसार पछिल्ला दिनहरूमा जोखिमपूर्ण बिरामीहरूलाई भेन्टिलेटरमा राखी उपचार गरिएको कारण ICU वार्डमा हानिकारक ब्याक्टेरियाको सम्भावित संक्रमण फैलिन सक्ने जोखिम देखिएको छ।
सो संक्रमण रोकथामका लागि नियमित प्रक्रिया अन्तर्गत फ्युमिगेशन (संक्रमण नष्ट गर्ने प्रक्रिया) गरिन लागिएकाले ICU वार्ड पुस ७ गतेदेखि पुस १० गतेसम्म बन्द रहने अस्पतालका निमित मेडिकल सुप्रिटेण्डेण्ट अजय गुप्ताले जनाए । अस्पतालका अनुसार फ्युमिगेशन कार्य सम्पन्न भएपछि पुस ११ गतेदेखि ICU वार्ड पुनः सञ्चालनमा ल्याइनेछ। फ्युमिगेशन प्रक्रिया अस्पतालमा संक्रमण नियन्त्रण र बिरामीको सुरक्षाका लागि अनिवार्य तथा नियमित प्रक्रिया भएको अस्पताल प्रशासनले स्पष्ट पारेको छ।

