साझा अभियानअन्तर्गत ‘जाडोमा न्यानो’ अभियान सुरु

पछिल्लाे समाचार

पुष १२ सिमरा ः लगातार बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै यस वर्ष पनि साझा अभियानअन्तर्गत ‘जाडोमा न्यानो’ अभियान सुरु गरिएको छ। शनिबार एक औपचारिक कार्यक्रमबीच जीतपुरसिमरा उपमहानगरपालिकामा अभियानको शुभारम्भ गरिएको हो। ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ भन्ने मूल नारासहित सुरु गरिएको उक्त अभियान जीतपुरसिमरा उपमहानगरपालिकामा मात्र सीमित नरही बारा जिल्लाभर सञ्चालन गरिने अभियानका संयोजक अमृत बस्यालले जानकारी दिए।

उनका अनुसार अभियानलाई सफल बनाउन सबै पक्षको हातेमालो आवश्यक छ। संयोजक बस्यालले बिगत ५ वर्षदेखि सुरु गरिएको यस अभियानबाट धेरै अति विपन्न तथा गरिब परिवार लाभान्वित भएको उल्लेख गर्दै चिसो मौसममा न्यानो कपडाको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यस वर्ष पनि अभियानलाई निरन्तरता दिइएको बताए। उनले औपचारिक कार्यक्रममा ‘जाडोमा न्यानो’ अभियानको कार्यविधि समेत प्रस्तुत गरेका थिए।

घरमा प्रयोगमा नआउने कपडा थन्क्याएर राख्नु वा फाल्नुको सट्टा अभियानमार्फत सहयोग गर्न सर्वसाधारणसँग आग्रह गर्दै संयोजक बस्यालले कसैको पुरानो तर प्रयोगयोग्य कपडाले अरूको ज्यान जोगिन सक्ने भएकाले मानवीय संवेदनाका साथ सहयोग गर्न अपिल गरे।यो अभियान हाल पर्सागढी नगरपालिकामा समेत सञ्चालन हुँदै आएको छ। अभियानमा स्थानीय सरकार, सामाजिक संघसंस्था, युवा तथा सर्वसाधारणको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले जाडो यामभरि नै अभियानलाई निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय