परवानीपुरको रहरियाडीमा एकै परिवारमाथि धारिलो हतियारले आक्रमण, आमा–छोराको मृत्यु

पछिल्लाे समाचार

माघ १४ सिमरा : बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका आमा र छोराको हत्या भएको घटनाले स्थानीय क्षेत्रलाई स्तब्ध बनाएको छ। मण्डल थरका ५२ वर्षीया महिला र उनका ३२ वर्षीय छोराको अज्ञात व्यक्तिको आक्रमणबाट घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।


प्रहरीका अनुसार २०८२ माघ १४ गते बिहान करिब ३ बजेतिर धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको प्रारम्भिक अनुमान छ। सोही घटनामा मण्डल परिवारकै तीन जना सदस्य गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ भने उनीहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


हत्या कसले र के उद्देश्यले गरेको भन्ने विषय अहिलेसम्म खुल्न नसकेको बारा प्रहरीले जनाएको छ। घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको र विभिन्न कोणबाट छानबिन भइरहेको प्रहरीको भनाइ छ। तर अनुसन्धान प्रभावित हुन सक्ने भन्दै थप विवरण सार्वजनिक गर्न प्रहरी स्रोतले अस्वीकार गरेको छ।


घटनापछि रहरियाडी तथा आसपासका क्षेत्रमा त्रास र भयको वातावरण देखिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको र गस्ती कडा बनाइएको जनाएको छ। यो दोहोरो हत्याकाण्डले जिल्लामा शान्ति सुरक्षाको विषयलाई फेरि गम्भीर रूपमा उठाएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय