अम्लेखगञ्ज डिपोमा साना ट्यांकर व्यवसायी आन्दोलित, एक घण्टा ढुवानी अवरुद्ध

पछिल्लाे समाचार

माघ १५ सिमरा : नेपाल आयल निगमको प्रादेशिक कार्यालय अम्लेखगञ्जमा आबद्ध स्वरोजगार साना ट्यांकर व्यवसायी तथा चालकहरूले आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै आन्दोलन थालेका छन्। बरौनी–अम्लेखगञ्ज खण्डमा पाइपलाइन सञ्चालनमा आएपछि ट्यांकरमार्फत हुने पेट्रोलियम पदार्थको ढुवानी पूर्ण रूपमा बन्द गरिएपछि उनीहरू आन्दोलित भएका हुन्।
आन्दोलनको क्रममा ट्यांकर व्यवसायी तथा चालकहरूले बिहिवार एक घण्टासम्म डिपोमा लोड र अनलोड प्रक्रिया ठप्प पारेका थिए। उनीहरूको मुख्य माग १०४ वटा ट्यांकरलाई तत्काल वैकल्पिक आन्तरिक ढुवानीमा समावेश गरिनु पर्ने रहेको छ।

पाइपलाइनमार्फत डिजेल, पेट्रोल र मट्टितेल आयात सुरु भएपछि निगमले लामो समयदेखि हुँदै आएको ट्यांकर ढुवानी प्रणाली हटाएको हो। ढुवानी बन्द भएपछि निगमले ती १०४ ट्यांकरलाई काठमाडौँ, पोखरा, भैरहवा र विराटनगरस्थित विमानस्थलहरूमा हवाई इन्धन ढुवानीका लागि प्रयोग गर्ने निर्णय गरेको छ।
तर हवाई इन्धन ढुवानी अघि ट्यांकरको ट्यांकी परिवर्तन र प्राविधिक मर्मतसम्भार गर्नुपर्ने भएकाले चालक तथा व्यवसायीहरू चार महिनासम्म ग्यारेजमा पालो कुर्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ।

अखिल नेपाल मजदुर संघका अध्यक्ष मानसिङ लामा यस्तो ढिलाइले साना स्वरोजगार ट्यांकर व्यवसायीको रोजगारी नै संकटमा पर्ने र बैंकको किस्ता तिर्नसमेत समस्या हुने बताउँछन्।
उनका अनुसार व्यवस्थापन हुन बाँकी १०४ ट्यांकरमध्ये आधाभन्दा बढी अम्लेखगञ्ज आसपासका स्थानीय व्यवसायीका हुन्। ट्यांकर चालक श्याम मगरले निगममा पहुँच भएका केही ट्यांकरले एउटै पम्पको अनुमति लिएर धेरै पम्पमा ढुवानी गर्दै आएको गुनासोसमेत गरे।


नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा निजी पेट्रोल पम्पका लागि हाल १२७ ट्यांकर आबद्ध छन्। ती ट्यांकरहरूले मासिक ३० देखि ३२ पटकसम्म ढुवानी गर्दै आएको स्थानीय ट्यांकर व्यवसायी कृष्ण ठकुरीले बताए। उनका अनुसार जायज माग समाधानका लागि केन्द्रसम्म पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर सांकेतिक आन्दोलन गर्नुपरेको हो।
हाल अम्लेखगञ्ज डिपोबाट दैनिक करिब चार सय ट्यांकरले काठमाडौं, पोखरा, जनकपुर, भैरहवा, चितवन, वीरगञ्ज र विराटनगरतर्फ पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन्।
यस विषयमा डिपो प्रमुख प्रलयङ्कर आचार्यले केन्द्रीय कार्यालयको निर्देशनभन्दा बाहिर गएर कुनै निर्णय लिन नसक्ने स्पष्ट पारे। निगमले माघ १२ गतेदेखि १०४ ट्यांकरलाई बरौनी–अम्लेखगञ्ज ढुवानीबाट हटाएको र व्यवस्थापनका लागि दुई महिनाअघि नै सूचना जारी गरिएको उनले बताए। उनका अनुसार केही ट्यांकर चालकले समयमै मर्मतसम्भार नगर्दा अन्तिम समयमा ग्यारेजमा लामो पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको

ad

spot_imgspot_img
spot_img

लोकप्रिय