माघ २७ सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी डम्बरु प्रसाद निरौलालाई नेपाल सरकारले अस्थायी रूपमा सुम्पेको छ। माघ २६ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव डम्बरु प्रसाद निरौलालाई पालिकामा कामकाजका लागि खटाइएको हो। यसअघि, उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव हिरालाल चौधरीले सम्हालेका थिए। तर चौधरी सहसचिवमा बढुवा भएपछि पालिकामा प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको थियो।

मन्त्रालयले गत पुस ११ गते उनलाई जिम्मेवारी सुम्पेको भए पनि चौधरी पालिकामा ढिलो हाजिर भएका थिए र जम्मा तीन दिन मात्र उपस्थित भएर फर्किएका थिए। चौधरीले हाजिर भएको छोटो अवधिमा मात्र सामाजिक सुरक्षा भत्ता वितरण र केही कर्मचारीको तलब भत्ता निकासा जस्ता कामहरू सम्पन्न गरेका थिए। हाल डम्बरु प्रसाद निरौला पालिकामा कार्यरत छन् र निर्वाचनको अचार सहिता लागू भएकाले मन्त्रालयले उनलाई सरुवा नगरी प्रत्यक्ष कामकाजका लागि पठाएको हो। यसैबीच, होलीमा समेत तलब नपाउने तथा सामाजिक सुरक्षा भत्ता लगायतका सुविधा रोकिएका कर्मचारीहरूले पनि राहत पाउने आशा गरिएको छ।

