नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीद्धारा वाढी पंहीरो पिडितलाई त्रिपाल वितरण

पछिल्लाे समाचार

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले वाढी पंहीरो पिडितलाई त्रिपाल वितरण गरेको छ । स्थानिय तहको समवन्यमा जिल्लाका नौ वटै पालिकाका पहिरो र बाढी पिडितलाई त्रिपाल वितरण गरेको हो । हाल सम्म ९२ जना बाढी तथा पहिरो पिडितलाई त्रिपाल वितरण गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीका सभापति असोक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार वडा र पालीकाको सिपारिसमा त्रिपाल वितरण गरिएको हो । जिल्लामा वढी कमलामाई नरपालिका क्षेत्रका पहिरो पिडितलाई त्रिपाल वितरण गरेको उहाँले बताउनुभयो । सामान्य जोखिम भएकालाई एउटा त्रिपाल र वढी जोखिममा परेका घरकालाई दुइवटा त्रिपाल वितरण गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय