जीतपुर प्रहरीले लागूऔषधविरुद्ध अभियान तीव्र बनायो, एकै दिन दुई जना पक्राउ

पछिल्लाे समाचार

साउन ०५ जीतपुर : इलाका प्रहरी कार्यालय जीतपुरले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै मंगलबार दुई जना व्यक्तिलाई विभिन्न प्रकारका लागूऔषधसहित पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–७ सिद्धरीया टोलका ३७ वर्षीय दिवेन्द्र बैठालाई करिब २ किलो ७ सय ५४ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो। यस्तै, जीतपुरकै पहाडी टोलबाट २५ वर्षीय विदेशी ठाकुरलाई थोरै परिमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दिवेन्द्र बैठामाथि इलाका प्रहरी कार्यालय जीतपुरमै राखेर अनुसन्धान भइरहेको छ भने विदेशी ठाकुरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको छ। प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाले इलाका प्रहरी कार्यालय जीतपुरको नेतृत्व सम्हालेयता लागूऔषधको बिक्री–वितरण र ओसारपसारमा संलग्न व्यक्तिमाथि निरन्तर निगरानी र कारबाही अभियान सञ्चालन गर्दै आएका छन्। पछिल्ला केही दिनयता मात्रै पनि जीतपुर प्रहरीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ।प्रहरीको निरन्तर सक्रियताका कारण जीतपुर क्षेत्रमा लागूऔषध कारोबार नियन्त्रणतर्फ उल्लेखनीय दबाब सिर्जना भएको स्थानीयवासीको भनाइ छ। इलाका प्रहरी कार्यालय जीतपुरले आगामी दिनमा पनि लागूऔषधविरुद्धको अभियानलाई अझ प्रभावकारी बनाउँदै अवैध कारोबारमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय