जसपा कार्यकारिणी समितिको बैठक बस्दै, के छन् एजेन्डा?

पछिल्लाे समाचार

चैत ०२ गते,काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) नेपालले समानुपातिक सांसदबारे छलफल गर्नका लागि बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पार्टी कार्यालय, बालकुमारीमा आज बिहान ११ बजे बस्ने बैठकले यसबारे छलफल गरी निर्णय लिनेछ।समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ।

सोही रिक्त स्थानको पदपुर्तीका लागि निर्णय लिन बैठक बोलाईएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।सो निर्णयसँगै पार्टीको तर्फवाट रिक्त रहेको सांसद पदमा निर्वाचित गराउन जसपाले निर्वाचन आयोगलाई पत्राचार गर्दैछ।जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय