राष्ट्रिय सभामा रिक्त हुने पदमा आगामी माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

१३ मङ्सिर, काठमाडौँ– सरकारले राष्ट्रिय सभामा रिक्त हुने पदमा आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रियसभा पदका लागि माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसअघि निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको छ ।जसमा १९ जना निर्वाचनमार्फत् चयन हुनेछन् भने एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय