जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले मनायो आफ्नो ७ औं स्थापना दिवस 

पछिल्लाे समाचार

२० श्रावण बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले आज ७ औँ स्थापना दिवस मनाएको छ । संघको कार्यालय जीतपुरमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो । राजस्व कार्यालय प्रमुख बैकुण्ठ प्रसाद सापकोटाको प्रमुख आतिथ्यता र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा मनाइएको ७ औँ स्थापना दिवस कार्यक्रममा नेपाल सरकारको कर नीति बारे अन्तरक्रिया समेत गरिएको हो  ।

जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको ७ औं स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष मोहन शर्मा लामिछानेले  वि.सं.२०७४ सालमा स्थापित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई आजको अवस्थामा ल्याइ पुर्याउनको लागि अग्रजहरुले खेलेको भूमिका प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताए ।

कार्यक्रममा संघका अध्यक्ष शर्माले यस क्षेत्रको कृषि, शिक्षा ,स्वास्थ्य र पर्यटनको विकासमा संघले निरन्तर कार्यक्रम आयोजना गरेको बताउदै आगामी दिनहरुमा पनि अझ सशक्त रुपमा यस क्षेत्रका कार्यक्रमहरु आयोजना गरिने बताए । शुभकामना मन्तब्य व्यक्त गर्दै श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूर्ण सदस्यहरुको व्यवसायीक सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा संघका महासचिव प्रकाश गिरि,संघका सल्लाहकार शिवजी प्रसाद साह , नेपाली काँग्रेस जीतपुरसिमरा नगर सभापति छबिलाल शर्मा, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बराल इलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको ७ औं स्थापना दिवसको अवसर पारेर संघले उपस्थित भएका सदस्यहरुलाई नेपाल सरकारले यस आर्थिक बर्ष देखि लागू गरेको कर नीति बारे आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत राजकुमार खतिवडाले जानकारी गराएको थियो भने ब्यापारीहरुले उठाएको प्रश्नको जवाफ समेत दिनु भएको थियो ।संघको ७ औं स्थापना दिवस कार्यक्रममा संघका बरिस्ठ उपाध्यक्ष मनोज गुप्ता ,उपाध्यक्ष गजेन्द्र गुप्ता ,कोषाध्यक्ष रामबाबु साह कलवार लगाएत संघका सदस्यहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय