२६ मंसिर बारा : नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने निर्वाचनमा बारा जिल्लाको कार्यसमितिको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ। जसअनुसार अध्यक्षमा श्यामबाबु प्रसाद यादव, रमेश सुवेदी र अनिल कुमार तिवारीले उम्मेदवारी दर्ता गराएका छन्।
यसै गरी उपाध्यक्षमा पानालाल दास र महिला उपाध्यक्षमा प्रियका दासले उम्मेदवारी दर्ता गराएको छ।दुबै जनाको बिरोधमा अन्यले उम्मेदवारी दर्ता नगराए पछि पानालाल दास र प्रियाका दास नर्विरोध निर्वाचित भएको छ ।
सचिवमा पुष्पराज खतिवडा नर्विरोध निर्वाचित भएको छ भने ।सहसचिवमा इन्दिप कोईराला र प्रदीप गौतमले उम्मेदवारी दर्ता गराएको छ भने सहसचिव समावेशीमा दुश्यान्त चौधरी र अरुन कुशवाहाले उम्मेदवारी दर्ता गराएको छ ।त्यसै गरि कोषाध्यक्षमा रन्जन यादव र अनिल पान्डेयले उम्मेदवारी दर्ता गराएको छ ।नेपाल पत्रकार महासंघ बारा शाखामा अध्यक्ष ,कोषाध्यक्ष ,सहसचिव ,समावेशी सहसचिव ,महिला सदस्य ,खुल्ला सदस्य पदको लागि निर्वाचन हुने निर्वाचन अधिकृत रुद्र धितालले बताए।मधेसी सदस्यमा धिरेन्द्र तिवारी , दलित सदस्यमा शर्मालाल बैठा ,जनजाति सदस्यमा धिरेन्द्र पनुहर, समावेशी सदस्यमा नूर आलम मन्सुर नर्विरोध निर्वाचित भएको निर्वाचित अधिकृत रुद्र धितालले जानकारी दिए।