१२ पौष।रौतहट : रौतहटको मौलापुर नगरपालिकाले देशमै एउटा छुटै पहिचान बनाएको छ । मौलापुर नगरपालिकामा नगरप्रमुख रिना साह निर्वाचित भए देखि नै मौलापुर नगरपालिकाको नाम अहिले देश बिदेशमा चर्चामा पुगेको छ ।रौतहटमा १८ वटा पालिका छ त्यस पालिका मध्य हो एउटा मौलापुर नगरपालिका जसले जनताको विद्युत महसुल बापतको रकम आफैले तिर्दिने गर्छ ।
मौलापुर नगरपालिकाको निःशुल्क विद्युत कार्यक्रम अन्तर्गत नगरप्रमुख रिना कुमारी साहको निर्देशानुार मौलापुर वितरण केन्द्रका आय प्रमुख सुरेश प्रसाद चौधरी मार्फत तेस्रो किस्ता बापत रु३५ लाख रकम बराबरको चेक हस्तान्तरण गरेको छ।शुक्रबार मौलापुर नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहके मौलपुर बितरण केन्द्र प्रमुखलाई ३५ लाख रकम भएको चेक हस्तान्तरण गरेको छ । मौलापुर नगरपालिकाले विद्युत महसुल बापत तिरेको रकमबाट पुष, माघ र फाल्गुन महिनाको घरायसी तथा कृषि मिटरको विद्युत महसुल भुक्तानी हुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्ष २०८१/०८२ हालसम्म मौलापुर नगरपालिकाले रु २ करोड २० लाख जनताका लागि निःशुल्क विद्युत महसुल बापतको रकम विद्युत प्राधिकरण मौलापुर शाखालाई उपलब्ध गराइसकेको निमित प्रमुख प्रशासकिय अधिकृत साहले बताए। नयाँ मिटर लिएका ग्राहकले निःशुल्क ग्राहकको सूचीमा समावेश हुन मौलापुर नगरपालिकामा आफ्नो नागरिकता र ग्राहक नम्बर सहित निवेदन दिनको लागि नगरपालिकाले आग्रह समेत गरेको छ ।