पेट्रोल र डिजेलको मुल्य बढ्यो ,पेट्रोलको मुल्य प्रतिलिटर १ रुपैयाँले बढ्यो 

पछिल्लाे समाचार

१६ पौष । काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ। आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ। पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र  डिजेल प्रतिलिटर २ रुपैयाँ बढाइएको हो।

निगमको नयाँ मूल्यअनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा प्रतिलिटर १६२ रुपैयाँ र अन्यत्र १६० रुपैयाँ ५० पैसा पर्नेछ। यस्तै, डिजेल काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ पर्नेछ भने दाङ र सुर्खेतमा प्रतिलिटर १५२ रुपैयाँ र अन्यत्र १५० रुपैयाँ ५० पैसा पर्नेछ। साथै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटरमा १५ अमेरिकी डलरले घटाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय