जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको बिदाई

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । पुष ११ सिमरा ः बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको शुक्रबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ। उपमहानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रसाईंको सम्मानसहित बिदाई गरेका हुन्। झण्डै १० महिना १६ दिन जीतपुरसिमरा उपमहानगरपालिकामा सेवा गरेका प्रमुख प्रशासकीय अधिकृत प्रसाईंलाई केही दिनअघि गृह मन्त्रालयमा सरुवा गरिएको थियो। विदाई भएकै दिन सरकारले उनलाई प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएको छ ।

बिदाई कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले प्रमुख प्रशासकीय अधिकृत प्रसाईंले प्रशासनिक यात्रामा दूरदर्शी, संयमित र जिम्मेवार नेतृत्व प्रदान गरेको उल्लेख गर्दै उहाँको सेवाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उहाँको कार्यकालमा सुशासन प्रवद्र्धन, कार्यसंस्कृतिको विकास तथा संस्थागत मजबुतीतर्फ उल्लेखनीय प्रगति भएको नगरप्रमुख पौडेलले बताए । नीति र नियमलाई व्यवहारमा उतार्दै सहकार्य, पारदर्शिता र उत्तरदायित्वको भावना सुदृढ बनाउन प्रसाईंले पु¥याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गर्दै नगरप्रमुख पौडेलले आगामी जिम्मेवारीमा सफलता र सकारात्मक उपलब्धिको कामना गर्नुभयो।

बिदाई कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारी लगाएत जनप्रतिनिधि एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा हिरालाल चौधरीलाई सरुवा गरेको छ। चौधरी यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्यरत रहनुभएको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय