जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हिरालाल चौधरी हाजिर

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

माघ ०७ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव हिरालाल चौधरी हाजिर हुनुभएको छ। बुधबार आयोजित एक स्वागत कार्यक्रममा उपमहानगर प्रमुख राजन पौडेलले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई स्वागत गर्नुभयो। मन्त्रीपरिषद्को पुस ०३ गतेको बैठकले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहसचिव शान्तिराज प्रसाईंको सरुवा गरेसँगै उनको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव हिरालाल चौधरीलाई जीतपुरसिमरा उपमहानगरपालिकामा खटाउने निर्णय गरेको थियो।

पुस ११ गते शान्तिराज प्रसाईं प्यूठान सरुवा भई गएपछि उपमहानगरपालिका करिब २५ दिनसम्म प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो। स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख राजन पौडेलले आफ्नो कार्यकाल अब करिब १५ महिना मात्र बाँकी रहेको उल्लेख गर्दै यस अवधिमा प्रशासनिक नेतृत्व मजबुत रूपमा सम्हाल्न प्रमुख प्रशासकीय अधिकृत चौधरीसँग आग्रह गर्नुभयो। उहाँले विकास, सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर नगरलाई अघि बढाउन प्रशासनिक समन्वय आवश्यक रहेको बताउनुभयो।


सो अवसरमा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत हिरालाल चौधरीले आफूलाई जिम्मेवारी दिएकोमा संघीय सरकार र नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँग सहकार्य गर्दै कानुनी प्रक्रिया, पारदर्शिता र परिणाममुखी कामलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगरवासीले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने आफ्नो मुख्य लक्ष्य रहेको चौधरीको भनाइ थियो। नव प्रमुख प्रशासकीय अधिकृतको स्वागत कार्यक्रममा उपमहानगरपालिकाका कर्मचारीहरू, जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय