घर नागरिकको अधिकार’ भन्दै विजय यादवको योजनाबद्ध वस्ती अभियान

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

बारा, फाल्गुन ९ गते : आम जनता पार्टी (आजपा) का बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले गरीब, भूमिहीन तथा विपन्न वर्गका नागरिकका लागि योजनाबद्ध नयाँ वस्ती निर्माण गर्ने महत्वाकांक्षी एजेन्डासहित आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ४ कोईलीडीह र हरनहिया, वडा नं. ३ बतरा, वडा नं. २ खजुरिया तथा बारागढी गाउँपालिकाको विसुनपूर्वा बजारमा आयोजित जनसम्पर्क तथा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै यादवले जनतासँग प्रत्यक्ष संवाद, घरदैलो अभियान र सभामार्फत आफ्नो विकास दृष्टिकोण प्रस्तुत गरेका छन्।

“जनता पहिलो, आजपा हाम्रो भरोसा!” भन्ने नारासहित उनले आवास, रोजगारी र आधारभूत सेवामा पहुँचलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको स्पष्ट पारे। यादवले भने,“घर नागरिकको अधिकार हो, विलासिता होइन। हजारौँ परिवार अझै सुरक्षित आवासबाट वञ्चित छन्। हाम्रो सरकार बनेपछि व्यवस्थित आवास परियोजना ल्याएर गरीब तथा भूमिहीनलाई स्थायी घर उपलब्ध गराइनेछ।”

उनका अनुसार प्रस्तावित नयाँ वस्तीहरूमा स्वच्छ खानेपानी, स्वास्थ्य चौकी, विद्यालय, सडक, विद्युत्, शौचालय, डिजिटल सेवा तथा रोजगारी सिर्जना कार्यक्रमसमेत समेटिनेछ। “भूमिहीनलाई जमिन, गरीबलाई मकान—आजपाको विकास अभियान!” भन्ने प्रतिबद्धतासहित उनले मधेश क्षेत्रमा अव्यवस्थित बसोबास र गरिबी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य रहेको बताए।स्थानीय बुद्धिजीवी, युवा तथा महिलाहरूले “सत्ता होइन सेवा, आजपाको प्रतिबद्धता!” भन्ने स्पष्ट नीति र गरीबमुखी विकास दृष्टिकोणलाई आशाको रूपमा लिएका छन्।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय