रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

फागुन २८ काठमाडौं : धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले साहको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारबाट हटाउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न कारण देखाऊसहित अन्तरिम आदेश दिएको हो ।

साहको नाम कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेको थियो । त्यहीकारण उनको उम्मेदवारी आयोगले खारेज गरिदिएको थियो । सर्वोच्च अदालतले कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्र र नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश दिएको छ। निर्वाचन आयोगले किशोरी शाहको उम्मेदवारी खारेज गरेर नेकपाका मातृका यादवलाई आज बिहान विजयी घोषणा गरेको थियो। साहले गत फागुन १९ गते दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बिहीबार उनको नाम उम्मेदवारको सूचीबाट नहटाउन अन्तरिम आदेश जारी गरेको हो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय