लगातार चौथो पटक विभूतिले उचाल्यो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।फागुन २९ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आयोजित पाँचौं जीतपुरसिमरा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको प्राङ्गणमा शुक्रबार सम्पन्न प्रतियोगितामा राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन डुमरवाना ले सर्वाधिक पदक जित्दै लगातार चौथो पटक उपाधि हात पार्दै आफ्नो प्रभुत्व कायम गरेको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराको व्यवस्थापनमा मंगलबारदेखि सुरु भएको प्रतियोगिता चार दिनसम्म सञ्चालन भएको थियो।

प्रतियोगितामा विजेता बनेको राष्ट्रिय विभूति शिक्षा सामुदायिक सदन डुमरवानाले २३ स्वर्ण, ९ रजत र ४ कास्य गरी कुल ३६ पदक जित्दै उपाधि कब्जा गरेको हो। त्यस्तै नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलिया ७ स्वर्ण, ५ रजत र २ कास्य गरी १४ पदक जित्दै उपविजेता बनेको छ भने सेन्ट अल्फानस बोर्डिङ स्कूल १३ पदकसहित तेस्रो स्थानमा रहेको छ। प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई आयोजित समापन समारोहका बीच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल ले शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए।
समापन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य चौधरीले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीलाई बधाई दिँदै खेलकुदले अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने उल्लेख गर्नुभयो। खेलमा हार–जित स्वाभाविक हुने भन्दै आगामी संस्करणमा अझ उत्कृष्ट प्रदर्शनका लागि निरन्तर अभ्यास र तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो।

नगरप्रमुख राजन पौडेल ले पनि विद्यालयस्तरबाट खेलकुद प्रतिभा पहिचान र विकास गर्न यस्तो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकास तथा विद्यार्थी खेलाडीको प्रोत्साहनका लागि आगामी दिनमा थप सहयोग र कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।.यता नेरा आबि नितनपुरका प्रधानाध्यापक जयप्रकाश राय ले आर्थिक अभावका कारण धेरै सामुदायिक विद्यालयहरू यस वर्षको प्रतियोगितामा सहभागी हुन नसकेको गुनासो गर्नुभयो। आगामी छैठौं राष्ट्रपति रनिङ शिल्डमा सामुदायिक विद्यालयहरूको सहभागिता बढाउन आर्थिक सहयोग उपलब्ध गराउन उपमहानगरपालिकासँग आग्रह गर्नुभयो।

प्रतियोगितामा उपमहानगरभित्रका ३७ वटा विद्यालयका १ हजार २ सय ७३ विद्यार्थी ले सहभागिता जनाएका थिए। चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तेक्वान्दो, कराते, उसु जस्ता मार्शल आर्ट्स, भलिबल, एथ्लेटिक्स र कवड्डी लगायतका खेल प्रतिस्पर्धा सम्पन्न गरिएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका प्रधानाध्यापक शंकर आचार्य ले जानकारी दिनुभयो।
प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै स्थानीय स्तरमै नयाँ खेल प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकको विश्वास रहेको छ। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय