गढीमाई नगरपालिकाको तेह्रौँ नगरसभा सम्पन्न,५९ करोड २२ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक

पछिल्लाे समाचार

असार ०८ रौतहट : रौतहटको गढीमाई नगरपालिका ले तेह्रौँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभामा नगर प्रमुख श्यामप्रसाद यादव ले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँका अनुसार आगामी वर्षको बजेट नागरिकको जीवनस्तर सुधार र नगरको समग्र विकासमा केन्द्रित रहनेछ। नगरसभाले स्थानीय तहका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, समृद्धि र विकासका योजनालाई थप परिणाममुखी बनाउने विषयमा छलफल तथा निर्णय समेत गरेको छ। साथै चालु आर्थिक वर्षमा विनियोजित योजनाको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको नगरपालिकाले जनाएको छ।

नगरसभाको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले गढीमाई नगरपालिकाका लागि प्रदेश सरकारबाट उल्लेख्य बजेट समावेश गरिएको बताउनुभयो। आफ्नो गृह नगर भएकाले यहाँको विकासलाई प्राथमिकतामा राख्दै ठोस योजना अघि सारिएको उहाँको भनाइ थियो।
नगरसभामा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यद्यपि, सभामा बोल्ने अवसर नदिएको भन्दै वडा नम्बर १ का वडाध्यक्ष रामपुकार यादव ले असन्तुष्टि जनाउनुभएको छ। उहाँले नगरसभा औचित्यहीन बनेको आरोप समेत लगाउनुभएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय