बारामा सर्प दंश बाट ४ वर्षिय बालिकाको मृत्यु

पछिल्लाे समाचार

असार ०९ सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित डाँडाटोलमा सर्पले डँसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा चार वर्षीया सुप्रिना दोङ रहेकी छन् । राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनमा प्लेग्रुपमा अध्ययनरत सुप्रिनालाई सोमबार विद्यालयबाट फर्किएपछि घर नजिकै खेल्ने क्रममा सर्पले डँसेको प्रहरीले जनाएको छ ।

घटना हुँदा बालिकाकी आमा घाँस लिन जंगल गएकी थिइन् भने उनका बुवा रोजगारीका सिलसिलामा विदेशमा रहेका थिए । घरमा कोही नभएको अवस्थामा सर्पले डँसेको र केही समयपछि परिवारका सदस्यले उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै जीतपुरसिमरा क्षेत्रका निजी विद्यालयहरूले मंगलबार शोक बिदा दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय