बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

पछिल्लाे समाचार

असार ८ सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका करिब ३५ वर्षीय एक पुरुष पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा पैदलयात्रीसहित मोटरसाइकलमा सवार दुई जना युवक गम्भीर घाइते भएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी बरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नारायणी अस्पताल र बयोधा अस्पताल वीरगञ्ज पठाएको थियो। उपचारका क्रममा पैदलयात्रीलाई नारायणी अस्पतालमा साँझ ६ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै मोटरसाइकलमा सवार काठमाडौं टोखा निवासी करिब २० वर्षीय डिजेन जोशी र बारा जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया निवासी प्रभु अधिकारीका करिब २० वर्षीय छोरा सभ्य अधिकारीलाई बयोधा अस्पतालमा साँझ ६ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। घटनापछि सडक सञ्चालनमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय