पैयूँ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत भण्डारी हाजिर

पछिल्लाे समाचार

साउन १८ हुवास : पर्वतको पैयूँ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा चक्रपाणी भण्डारीले जिम्मेवारी सम्हाल्नुभएको छ। सोमबार गाउँपालिकामा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष तोरण मल ठकुरीले प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई स्वागत गर्नुभएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिनुभएका भण्डारीले पदभार ग्रहण गर्नुभएको हो।


स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले गाउँपालिकाको विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकबीचको सहकार्यबाट मात्रै स्थानीय तहको लक्ष्य पूरा हुने बताउनुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तोरण मल ठकुरीले नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनले गाउँपालिकाको प्रशासनिक कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनताको अपेक्षा अनुसार विकास निर्माण र सेवा प्रवाहलाई गति दिन सबै पक्षबीच समन्वय आवश्यक रहेको बताउनुभयो।


स्वागत कार्यक्रममा गाउँपालिका उपाध्यक्ष यमकुमारी राना मगरसहित वडाध्यक्ष, जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ प्रमुख प्रशासकीय अधिकृत भण्डारीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थिय

spot_imgspot_img
spot_img

लोकप्रिय