बारामा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

पछिल्लाे समाचार

साउन १९ सिमरा : बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलुही चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १२ वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार साउन १८ गते राति करिब ८ः४५ बजे प्रदेश २–०३–००२ प १११९ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा साइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी ३२ वर्षीय राजेश महतो र साइकलको पछाडि सवार उनका १२ वर्षीय छोरा कनाई महतो घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि बाराको परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा राति १०ः५४ बजे कनाई महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका राजेश महतोको अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय