सांसद अमरेशकुमार सिंहद्वारा मधेशमा आन्दोलनका क्रममा गोली चलाउने प्रवृत्तिप्रति आपत्ति

पछिल्लाे समाचार

साउन १९ सिमरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन वा विभिन्न घटनाका क्रममा पटक–पटक गोली चलाउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले मधेशमा कुनै समुदायको आन्दोलन हुँदा प्रहरीले लाठीचार्ज वा अश्रुग्यास प्रयोग गर्नुको सट्टा सिधै गोली चलाउने गरेको आरोप लगाउनुभयो। उहाँले प्रहरीलाई पर्याप्त मात्रामा लाठी र अश्रुग्यास उपलब्ध नगराइएकाले सामान्य अवस्थामै गोली चलाउने अवस्था सिर्जना भएको दाबी गर्नुभयो।

सांसद सिंहले मधेशलाई पछाडि पार्ने, गरिब बनाउने र सामान्य घटनामा पनि गोली चलाउने प्रवृत्तिको अन्त्य गर्न सरकारसँग आग्रह गर्नुभयो। साथै, प्रहरीका लागि पर्याप्त लाठी र अश्रुग्यासको व्यवस्था गर्न तथा बल प्रयोगसम्बन्धी नीति पुनरावलोकन गरी मधेशप्रतिको विभेदपूर्ण व्यवहार अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

spot_imgspot_img
spot_img

लोकप्रिय