वडाध्यक्ष कार्की द्वारा एक जना बृद्धलाई घर बनाउन नगद सहयोग

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

०३ श्रावन ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ३ को वडाध्यक्ष तारा बहादुर कार्कीले आफ्नो वडा भित्र बासोबास गरिरहेका एक जना बृद्धलाई घर निर्माणको लागि नगद १७ हजार सहयोग गरेको छ ।बर्षाको समयमा जस्तामुनिको घरमा बस्न गाह्रो भईरहेको खबर सुन्ने पछि वडा अध्यक्ष कार्कीले ब्रह्मानन्द गिरिलाई १७ हजार रकम सहयोग गरेका छन् ।

नेपाल सरकारले उपलब्ध गराएको तलब र भत्ता बाट वडा अध्यक्ष तारा बहादुर कार्कीले घर बनाउनको लागि ब्रह्मानन्द गिरीलाई रकम सहयोग गर्नु भएको छ ।बर्षाको समयमा घर भित्र छाता लगाएर बस्ने गरेको गिरि अब सहयोग पाए संगै खुशी व्यक्त गरेका छन् ।दिनभरी मागेर आफ्नो जीविकोपार्जन गरिरहेका गिरिले वडाअध्यक्ष कार्कीले घर बनाउनको लागि सहयोग गरेकामा उनले वडा अध्यक्षलाई धन्यावाद समेत ज्ञापन गरेका छन् ।

आफु निर्वाचित भए देखि नै जनताको दुख र सुखमा साथ् दिदै आएको र ब्रह्मानन्द गिरि ज्युको समस्या सुने पछि आफुले आफ्नो तलब भत्ता बाट तत्काल १७ हजार सहयोग गरेको वडा अध्यक्ष कार्कीले बताए ।आउदो दिनमा १७ हजारले उहाँको घर निर्माण न भएको खण्डमा वडा बाट ठप्प सहयोग गर्ने र गिरिको घर बनाउनको लागि सबैलाई सहयोग गर्न उहाँले अपिल समेत गर्नु भयो ।उक्त सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य शंकर पाख्रिन,समाजसेवी दिपक तामाङ्ग ,पशुराम श्रेष्ठ,दिपक खडका लगाएतको उपस्थिति रहेको थियो ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय