बाख्रामा फेविक्वीकले अण्डकोष र पिसाबनली टाँसी खँसीको मासु भनेर बेच्ने एक पक्राउ

पछिल्लाे समाचार

Adv

adv

adv

adv

Adv

१५ मंसिर ।अखिलेश कुमार यादव । बारा : बारामा खँसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार बेलुका ६ बजेको समयमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरस्थित मिश्री देवानले सँचालन गरेको मुस्कान सप्ल्यार्स एण्ड फ्रेस हाउसमा खँसीको मासु भनेर बाख्राको मासु बेचेको आरोपमा पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जीतपुर बाट गएको टोलीले मासु पसलमा गई चेक जाँच गर्दा गुल्जार महम्मदले आफ्नो पसलको अगाडी खसीको मासुको सानो टुक्रा संगै छाला बिनाको बाख्रालाई खसीको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई खसीको मासुसंगै बिक्री गर्नको लागि राखेको अवस्थामा फेला पारेको थियो ।

मिश्री देवानले बाख्रालाई मारेर फेविक्वीक (टाँस्ने पदार्थ) ले बाख्राको स्तनको ठाउँमा अण्डकोष र तल पेटमा खँसीको लिँग चिप्काएर खँसीको मासु भनेर बेच्दै आएका थिए । उपभोक्ताको गुनासोको आधारमा प्रहरीले छापामारी गर्दा उनको काण्ड बाहिर आएको हो ।बरामद गरेका मासु सहित उक्त पसलको संचालक मिश्री देवानलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय जीतपुरका इन्चार्ज प्रकाश खडकाले बताए ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय