जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल एनपिएलको फाईनलमा प्रवेश  

पछिल्लाे समाचार

०३ पुष । काठमाडौं- नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराउँदै एनपीएलको पहिलो सिजनमै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो । टस हारेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाएको हो ।

सुदूरपश्चिमलाई फाइनलमा पुर्‍याउन नटआउट रहेका विनोद भण्डारीले अर्धशतकी पारी खेले । जारी प्रतियोगितमा उनको यो पहिलो अर्धशतक हो । उनले ४१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाउँदै सुदूरपश्चिमलाई उपाधिनजिक पुर्‍याउन निर्णायक भूमिका खेले । जनकपुरविरुद्ध विनोदले ५५ बलमा अविजित ५८ रन जोडे । उनले ३ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका हुन् ।

सुदूरपश्चिमका ओपर सैफ जाइबले २१ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेट खसेपछि ब्याटिङमा उत्रिएका ब्रान्डन म्यकमुल्लनले १९ बलमा १ चौका र १ छक्काको सहयोगमा २५ रन जोडे । दोस्रो विकेट खसेपछि ब्याटिङमा आएका सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित २० रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे ।

बलिङतर्फ जनकपुरका बलर सुदूरपश्चिमका ब्याटरसामु चल्न सकेनन् । ललित राजवंशी र किशोर महतोले समान १–१ विकेट लिए । सुदूरपश्चिम फाइनलमा प्रवेश गरेसँगै दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टिम जनकपुरबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायरको खेल बिहीबार हुनेछ । दोस्रो क्वालिफायरको विजेताले सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल शनिबार त्रिवि क्रिकेट मैदानमै हुनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय