२५ पौष।सिमरा : नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ बाराको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार परवानिपुर स्थित कृषि अनुसन्धान निर्देशनालयमा एक कार्यक्रमकाबीच महासंघको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।कार्यक्रमका प्रमुख अतिथी नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघका मधेश प्रदेश अध्यक्ष सागर ठोकरले नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ देशका अन्य संघसंस्था सरह सांगठनीक रुपमा अब्बल रहेको बताउनुभयो ।
उहाँले पुस्तक ब्यबसायी महासंघले अब गुणस्तरिय उत्पादन र मर्यादित ब्यापार गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो । महासंघ बाराले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक काम गरेकोमा धन्यबाद दिदै संस्थालाई बलियो बनाउन खुत्रुके बचत अभियान चलाएर संस्थालाई समृद्ध बनाउन आग्रह गर्नुभयो । उहाँले जिल्लाका समस्या समाधान गर्न प्रदेश समिति सचेत रहेको धारणा राख्नुभयो ।
विशिष्ठ अथिति मधेस प्रदेस संस्थापक अध्यक्ष मुकेश कुमार सिंह ,अथिति पर्सा जिल्ला अध्यक्ष श्याम सुन्दर पटेल, प्रदेस सचिव सम्सुल हक अन्सारी प्रदेस सदस्य श्रवण कुमार गुप्ता लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ बाराको अध्यक्ष बिश्वनाथ गुप्ता रौनियारले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव राजेश गुप्ताले गरेका थिए ।नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ बारा शाखाले आफ्नो १६ औं वार्षिक साधारण सभाको अवसर पारेर विद्यार्थी पुस्तक भण्डार जीतपुरका संचालक श्रवण कुमार गुप्तालाई सम्मान समेत गरेको छ।उक्त वार्षिक साधारण सभामा बारा जिल्लाभरीका पुस्तक तथा स्टेशनरी व्यवासायीहरुको उपस्थिति रहेको थियो।